News Desk
त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरेको छ।
त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीकाे अध्यक्षतामा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।
त्रिविका अनुसार त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा यो व्यवस्था गरिएको छ।
त्यस्तै त्रिविले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने पनि निर्णय गरेको छ।