सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध
News Desk
Sep-26 , 2024 तारिख 04:33 बेलुका

सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका-१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।

धेरै पढिएको