कान्ति लोकपथ बर्षाको  कारण पूर्ण रुपमा अबरुद्द
News Desk
Sep-27 , 2024 तारिख 07:07 बेलुका

हेटौडा।  हेटौडाबाट छोटो बैकल्पिक मार्ग कान्ति लोकपथ बर्षाको  कारण पूर्ण रुपमा अबरुद्द भएको छ। आज राती १.२० को समयमा जिल्ला मकवानपुर बकैया गाउपालिका -१२ घट्टेपाखामा पहिरो जादा बाटो पुर्णरुपमा अबरुद्द भएको हो। पहिरोलाई जिल्ला सडक कार्यालय र फास्टट्रयाक संग समन्वय गरी हटाउने पहल भइ रहेको र अबरोध हटाउन करिब दिनभर लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनु भयो।   

धेरै पढिएको