आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको
News Desk
Sep-29 , 2024 तारिख 06:09 बेलुका

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ ।

धेरै पढिएको