झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको
News Desk
Sep-29 , 2024 तारिख 06:43 बेलुका

काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । विंगर र बसभित्रबाट ती शवहरू निकालिएको प्रहरीले जनाएको छ । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो । आइतबार बिहानैदेखि स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो । घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने कार्य जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् । शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।

धेरै पढिएको