भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भएको र उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएको जानकारी गराउनु भएको छ । उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।