मेची राजमार्गको इलाम-फिदिम सडकखण्ड अझै सञ्चालनमा आउन सकेन
News Desk
Oct-02 , 2024 तारिख 12:12 बेलुका

मेची राजमार्गको इलाम-फिदिम सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गअन्तर्गत पाँचथर सदरमुकाम फिदिम बजारदेखि ८ किलोमिटरमाथि रमिते भ्यु टावर नजिकैबाट १५० मिटर सडक पहिरोले बगाएपछि सडक सञ्चालन गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए। 

सडक खुलाउने काम भइरहेको तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक मर्मत र सञ्चालनमा ल्याउन कठिनाइ भएको उनको भनाइ छ।

मेची राजमार्गकै फिदिम-ताप्लेजुङ सडकखण्डमा पर्ने हेवा खोलाको बेलिब्रिज बगेका कारण ताप्लेजुङसहित पाँचथरका हिलिहाङ याङवरक र फालेलुङ क्षेत्र सडक सम्पर्कविच्छेद भएका छन। 

तत्काल खोलो घट्ने सम्भावना नरहेकाले डाइभर्सन बनाउन पनि कठिनाइ देखिएको छ।

धेरै पढिएको