News Desk
व्यवसायी एवम अभियन्ता दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहाइ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। मंगलबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश दिएका हुन।
उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको कसुरमा दुईवटा मुद्दा दर्ता भएको थियो। उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।
उनीविरुद्ध साइबर अपराधमा दुईजनाले उजुरी दिएका थिए। प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।