घनले टाउकोमा प्रहार गर्दा एकको मृत्यु
News Desk
Oct-02 , 2024 तारिख 05:56 बेलुका

स्याङ्जाको हरिनास गाउँपालिकामा घनले टाउकोमा प्रहार गर्दा एकको मृत्यु भएको छ । मङ्गलवार बिहान घर आरनमा फलामको काम गरिरहेको अवस्थामा घनले टाउकोमा प्रहार भएको हो । मृत्यु हुनेमा हरिनास गाउँपालिका ४ बाङ्गेश्वरा बस्ने ५८ वर्षीय प्रेम बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । घन प्रहार गरेको आरोपमा ३२ वर्षका सुरेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

धेरै पढिएको