संयुक्त अरब इमिरेट्स युएइमा भइरहेको विश्वकपको पहिलो दिन आज भएको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात
News Desk
Oct-04 , 2024 तारिख 04:53 बेलुका

नवौं संस्करणको महिला टी-२० विश्वकप आजबाट शुरु भएको छ । संयुक्त अरब इमिरेट्स युएइमा भइरहेको विश्वकपको पहिलो दिन आज भएको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

समूह बी मा रहेका बंगलादेशको महिला टोलीले स्कटल्याण्डलाई १६ रनले हराएको हो। यसैगरी आज नै हुने समूह ए का पाकिस्तान र श्रीलंकाबीच दोश्रो खेल हुनेछ । कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ ।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् ।

हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । बंगलादेशमा हुने तय भएको महिला विश्वकप बंगलादेशको राजनीतिक अस्थिरतापछि अन्तिम समयमा युएईमा सारिएको थियो ।

धेरै पढिएको