माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
News Desk
Oct-06 , 2024 तारिख 11:58 बिहान

पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन। 

गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी ३० वर्षीय ऋषि लम्तरीको मृत्यु भएको हो। 

धेरै पढिएको