News Desk
असोज - २०, परिवर्तनका लागि सौर्य समाजको वार्षिक साधारणसभा छाउनी स्थित सेन्टर फुड क्याफेमा संस्थाकी अध्यक्ष रमिला श्रेष्ठको अध्यक्षतामा बसि सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका साधारण सदस्य, संस्थापक सदस्य एवं अन्य विशेष ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष, कोषाध्यक्ष र सचिवको प्रतिबेदन पास गरि आगामी वर्षको लागि बनाइएको कार्य तालिका समेत पास गरिएको जानकारी कार्यकारी सदस्य राधा ज्ञावालीले जानकारी गराइन।
उपस्थित सबैले एक आपसमा विजय दशमी, दिपावली एवं छठको शुभकामना आदानप्रदान गरिएको कुरा संस्थाका कार्यसमिति सदस्य प्रल्हाद दाहालले बताए । आगामी दिनमा
संस्थालाई थप उर्जाशिल र बलियो बनाउँदै संस्थाको उदेश्य अनुसार बिस्तार काम गर्दै जाने कुरा अध्यक्ष रमिला श्रेष्ठले बताइन् । गत वर्ष संस्थाले धेरै काम गर्न नसके पनि अब आगामी दिनमा भने काम गर्दै अगाडि बढ्ने कुरा कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठले बताइन् ।