"दशैंको शुभकामना सहित सेन्ट जर्ज स्कुलमा गराइयोमही पान"
News Desk
Oct-06 , 2024 तारिख 07:39 बेलुका

काठमाडौँ - ५, सेन्ट जर्ज स्कूल हाँडीगाउँमा दशैंको शुभकामना सहित सम्पूर्ण विद्यार्थी कक्षा नर्सरीदेखि कक्षा १० सम्म र स्कुलका कर्मचारी शिक्षक शिक्षिका, अभिभावक गरी करीब ५०० जनालाई मही पान गराइएको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी दिए।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मही अभियान यो पछिल्लो समय देश व्यापि रुपमा चलेको छ। अहिले हरेक ठाउँमा हुने शुभ कार्य, विवाह, भोज,भतेर, पार्टी, गोष्ठी, सेमिनार लगायत हरेक ठाउँमा अन्य पेय पदार्थ जस्तै महीले पनि स्थान पाउन थालेको कुरा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रलाद दाहालले जानकारी गराए।

अहिले मोही अभियान शुरु गरेपछि देशभरका करिब १३ वटा उद्योगले महिलालाई ब्रान्डिङ गरेर बजारमा ल्याएको कुरा केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमलाले जानकारी गराए।

यसरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिई उपभोग बढाउँदा यसले सबैलाई राम्रो हुने कुरा विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईंले बताए। विद्यालयले यसरी दशैंको शुभकामना कार्यक्रममा मोही सेवन गराउँदा बालबालिकामा मोही प्रति आकर्षण बढ्ने कुरा शिक्षक शिक्षिकाले बताए भने विद्यार्थीहरूले रमाई रमाई मोही सेवन गरेका थिए। विद्यालयमा विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा दिई दशैंको शुभकामना आदानप्रदान गरिएको थियो ।

धेरै पढिएको