काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु
News Desk
Oct-07 , 2024 तारिख 08:39 बेलुका

काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-१५ सितापाइला सोल्टीदोबाटो चोकमा बा।प्र।०१-००२ ज ६७७० नम्बरको गाडीले बा ४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो। 

ठक्करबाट मोटरसाइकलमा सवार काभ्रेको पनौती घर भएका ३० वर्षीय नविन परियारको मृत्यु भएको छ प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धेरै पढिएको