आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले निकाल्यो लगातार दोस्रो जित
News Desk
Oct-09 , 2024 तारिख 12:44 बेलुका

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। 

गएराति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको हो। शारजाहमा भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटियो।

न्युजिल्यान्डका अमेलिया केरले २९ रन बनाइन। अष्ट्रेलियाका लागि मेगान स्कहटर र अनावेल सुटरल्यान्डले समान ३ विकेट लीन। 

त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो।

अष्ट्रेलियाका वेथ मोनेले सर्वाधिक ४० रन बनाइन।न्युजिल्यान्डका अमेलिया केरले ४ विकेट लीन। 

अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने न्युजिल्यान्डले भारतलाई हराएको थियो। 

प्रतियोगिता अन्तरगत आज भारत र श्रीलंका एवं स्कटल्याण्ड र दक्षिण अफ्रिका भिड्नेछन। 

 

​​​​​

धेरै पढिएको