News Desk
गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ।
२८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
उनको उपचारको क्रममा आज बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए।
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो। उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो।