News Desk
अमेरिकामा जारी नेपाल र अमेरिकाबीचकाे टि ट्वान्टी आई सिरिजको दोस्राे खेलमा नेपालले रोमान्चक जित निकालेको छ । नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको श्रृङ्खला आफ्नो पक्षमा पारेको छ।
अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितर पहिले व्याटिङ गरेको नेपालले अमेरिका सामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अमेरिकाले पूरै ओभर खेलेर १७० रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजको विजयी शुरुवात गरेको थियो ।