News Desk
राष्ट्रपति रामचन्द्र पौडेलका लागि दोस्रो विदेश भ्रमण जुरेको छ। युरोपेली राष्ट्र अजरबैजानका लागि राष्ट्रपतिको भ्रमण जुरेको हो। पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन।
जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन।
संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ।
राष्ट्रपतिको पहिलो विदेश भ्रमणपनि युरोपमै भएको थियो। गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए।