सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
News Desk
Oct-23 , 2024 तारिख 12:52 बेलुका

सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्रीले दिउसो ३ बजे सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दै हुनुहुन्छ । सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,सरकारको काम कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

धेरै पढिएको