नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान
News Desk
Oct-23 , 2024 तारिख 06:49 बेलुका

नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजोको तुलनामा आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ मा कारोबार भईरहेको छ । मंगलबार उक्त सुन प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँ बढ्दै २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।