गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा अनिश्चितकालको लागि तालाबन्द
News Desk
Oct-25 , 2024 तारिख 12:19 बेलुका

पोर्चुगल । गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ । गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष दीपा काफ्लेद्वारा प्रकाशित बिज्ञप्तिमा अनिश्चितकालका लागि तालाबन्द गरिएको उल्लेख छ । 

बिज्ञप्तिमा नवौ राष्ट्रिय महाधिवेशनको मेन्डेड अनुसार अध्यक्ष उमेश कुमार खड्काको कार्यकाल सकिदा पनि पद हस्तान्तरणमा आनाकानि गरेको, बार्षिक साधारण सभा नगरेको, संघको कार्यालय दुरुपयोग गरेको, यसभन्दा अगाडि सन्चालन गरिएको राहदानी शिबिरमा केही पदाधिकारीहरुले अतिरिक्त शुल्क लिएको लगायतका आरोपहरु उल्लेख गरिएको छ । 

साथै संघभित्रको आर्थिक हिसाब पनि हिनामिना भएकाले तत्काल हिसाब सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।

धेरै पढिएको