हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
News Desk
Oct-27 , 2024 तारिख 12:26 बेलुका

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्ति हुन।

उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए।

उनीहरू हराएको बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो।

 

धेरै पढिएको