साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश
News Desk
Oct-28 , 2024 तारिख 04:00 बिहान

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । पेनाल्टीमा  ४–२ गोल अन्तरले हराउँदै नेपाल​ फाइनलमा पुगेको हो। 

निर्धारित समयमा दुवै पक्षबाट एक/एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। तर पेनाल्टीमा भारतको दुई बल नेपालकी गोल किपरले रोकेपछि जित निकालेको हो। 

यसअघि दोस्रो हाफको ७१ औं मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको थियो। लगत्तै नेपालले गोल गरे पनि मान्यता नपाउँदा करिब एक घण्टा खेल रोकिएको थियो। 

तर खेल सुरु भएपछि नेपालकी स्टार सावित्रा भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याइन। त्यो खोलपछि सावित्राले जर्सी नै खोलेर सेलिब्रेसन गरेकी थीन। 

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश आजै भुटानलाई हराउँदै फाइनलमा पुगिसकेको छ। पाँच पटकको विजेता भारतलाई हराएको नेपालले यो दोस्रोपटक हो।