News Desk
रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न उक्त पार्टीकी सांसद डा। चन्दा कार्कीले आग्रह गरेकी छन।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा सांसद कार्कीले सहकारी ठगी प्रकरणमा सबै कागजात र बयान भसकेकाले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकसँग अनुरोध गरेकी छिन।
अदालतबाट अनुमति लिएर पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले दुई पटक म्याद थपिसकेको छ।
मुद्दा अझै पनि अदालतमा प्रवेश नगरेको उल्लेख गर्दै उनले उचित निर्णय लिन गृहमन्त्रीलाई आप्रह गरिन।