News Desk
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभएको छ । सोमवार जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरूले आन्दोलनबाट तानासाह हटाएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताउनु भयो ।
उहाँले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले तराईको जङ्गल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले तानासाहलाई हटायौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ ।
लोकतन्त्रमा छौँ । समावेशी लोकतन्त्र छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ । र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्छ । प्रकृति नरहे हामी रहँदैनौँ । तेल त हामी भारततिरबाट ल्याउँछौँ । तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने रु तराईको जङ्गल मासिरहेको छ ।’ प्रथम राष्ट्रपति डा.यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।