सम्झना नगरपालिका प्रमुख र स्थानीय अधिकारीहरूद्वारा सम्मानित
News Desk
Nov-06 , 2024 तारिख 12:11 बेलुका

बझाङ | जयपृथ्वी नगरपालिका, बझाङले राष्ट्रिय क्रिकेट खेलाडी सम्झना खड्कालाई सम्मान गरेको छ। आईसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ७२ रन प्रहार गरेपछि गृह जिल्ला फर्केकी सम्झनालाई नगरपालिका प्रमुख र स्थानीय अधिकारीहरूले सम्मानित गरेका हुन। खेलाडी खड्काले खेलमा देखाएको साहस र लगनशीलताको कदर गर्दै जयपृथ्वी नगरपालिकाले उनलाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेको छ।

यस अवसरमा नगर प्रमुखले सम्झनाले बझाङ जिल्लाको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएकोमा गर्व प्रकट गरे।

https://rajyadainik.com//img/newsimage/1730853672.jpg

धेरै पढिएको