नेपाल बार एशोसिएसनको तर्फबाट  प्रधानन्यायधीश राउतलाई बधाई तथा शुभकामना 
News Desk
Nov-06 , 2024 तारिख 07:30 बेलुका

काठमाण्डौं। आज नेपाल बार एशोसिएशनले प्रधान न्यायधीश प्रकाशमान सिंह राउतलाई बधाई तथा शुभकामनासहित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरु सहितको सहभागीतमा भएको उक्त भेटमा  प्रधान न्यायधीशले बार र बेञ्चको सम्बन्धलाई मिलाएर थप मजबुत गरी न्यायपालिकाको विश्वास श्रीबृद्धि गर्ने कार्यमा कार्यकालको हरेकपल कोशिस गर्ने गरी काम गर्ने बताउनु भयो । न्यायपालिकाको सुधारमा बारको महत्व पूर्ण भूमिका हुने हुँदा न्यायपालिकालाई केन्द्रमा राखि सबैमिलेर काम गर्न समेत उहाँले अनुरोध गर्नु भएको छ । 

 नेपाल बार एशोसिएसनका तत्काल उपत्यका उपलब्ध कानून व्यवसायीहरुको सहभागीता रहेको बारले जनाएको छ।