ब्यास १२ मा धान को गोदाममा आगजनी : दोषीलाई कानुनी कारबाहीको माग
News Desk
Nov-11 , 2024 तारिख 02:00 बेलुका

ब्यास नगरपालिका–१२ मा छाब्दी डेसरको बाटोमा राखिएको धानका गोदाममा अज्ञात व्यक्तिहरूले आगो लगाएका छन्। गौडा पहरोदेखि पामार्दी पुलसम्म रहेका दुई/तीन स्थानमा आगजनी भएको छ। यस घटनाले किसानहरूलाई ठूलो क्षति पुगेको छ।

झण्डै १५ वर्षअघि पनि यस्तै घटना यही क्षेत्र वरिपरि घटेको थियो। यो घटनाले स्थानीयबासीमा आक्रोश पैदा गरेको छ, र अपराधमा संलग्नलाई पत्ता लगाई कानुनी कारबाहीको माग गरिएको छ। सम्बन्धित निकायले छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनु पर्ने स्थानियहरूको माग रहेको छ। 

अहिलेसम्म अपराधीहरूको पहिचान नभएको कारणले घटनाको गम्भीरता झन् बढेको छ।