गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपक मनाङे पक्राउ
News Desk
Nov-12 तारिख 11:28 बिहान

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपक मनाङे पक्राउ परेका छन । उनलाई आज काठमाडौँको सानो भर्‍याङबाट प्रकाउ गरिएको सिआईबीका एसपी एवं प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिनुभयो ।

पक्राउ गरेपछि अहिले उनलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरोमा राखिएको प्रवक्ता बोगटीले बताउनुभयो । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका मनाङेलाई प्रहरीले पक्राउ गरेको हो।

मनाङेलाई ५ बर्ष कैदको फैसला अदालतले  सुनाएको छ। मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित मनाङे गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका थिए । सर्बोच्चको फैसलापछि मनाङे फरार थिए । तर उनले विज्ञप्ती निकालेर आँफू नभागेको फैसलाको पूर्ण पाठ आएपछि अदालतमा आँफै उपस्थित हुने जनाएका थिए ।

धेरै पढिएको