एमालेका १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान
News Desk
Nov-13 , 2024 तारिख 06:57 बिहान

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन्। प्रमण्डल नानचिङमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए।

फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन्। प्रमण्डल चाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएर मङ्सिर ६ गते स्वदेश फर्कनेछ।

प्रमण्डललाई रक्षामन्त्री मानवीर राई, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

धेरै पढिएको