News Desk
चितवन । चर्चित साहित्यकार, कवि एवम् गीतकारहरूलाई नगद पुरस्कारहरूसहित पल्लव राष्ट्रिय साहित्य सम्मानले विभुषित गरिएको छ । पल्लव साहित्य प्रतिष्ठानद्वारा आयोजित पल्लव कुम्भ तथा श्रष्टा सम्मान कार्यक्रम माझ प्रा.डा. देवी नेपाल, काठमाडौँ बोधनाथ हिमकुमारी लामिछाने स्मृति पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१, ओम रिजाल, काठमाडौँ बालक शेषनाथ लामिछाने स्मृति पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१, ज्ञानराज सुवेदी, सूर्यविनायक, भक्तपुर केदारनाथ रिजाल–रोगकुमारी, गुणकुमार रिजाल स्मृति पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१, हरिदेवी कोइराला, पोखरा युसुफदिन–हलिमा पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१, धिरेन अनुपम, सुर्खेत, कर्णाली प्रदेश केदारनाथ रिजाल–रोगकुमारी, गुणकुमार रिजाल स्मृति पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१, भैरवी भुगोल, नुवाकोट, हालः सूर्यविनाएक, भक्तपु लाई युसुफदिन–हलिमा पुस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान २०८१, विमलप्रसाद पौडेल, कुस्मा, पर्वतलाई मीना–रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१, उमा कार्की, बेलचोक, नारायणगढ, चितवनलाई काजीमान तथा नन्दकुमारी–शान्तकुमारी पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१, चरिञ्जीवी दाहाल, जमुनापुर, चितवन मीना–रत्न साहित्य बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान २०८१ बाट सम्मानित हुनुभएको हो।
सो अवसरमा पल्लव साहित्यिक विविध पत्रिकाको २८औँ अङ्क लोकार्पण समेत गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश पूर्व रजिष्टार एवम मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक साहित्यकार डा. महेन्द्र कुमार मल्लले पल्लव साहित्य प्रतिष्ठानद्वारा आयोजित पल्लव कुम्भ तथा श्रष्टा सम्मान कार्यक्रम देखेर आफू आश्चर्यका साथ दंग परेको बताउनुभयो। 'पल्लव साहित्य प्रतिष्ठानले देशभरिबाट साहित्यकाहरु जम्मा गराएर यत्रो भव्य सभाका बीच श्रष्टा सम्मान गर्नु अचम्मको विषय हो र यो राज्यभन्दा माथिल्लो कर्म हो' मल्लले भन्नुभयो ।
कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नका लागि अन्य व्यक्तित्वको साथमा प्रतिष्ठानको कोषाध्यक्ष समेत रहनुभएकी मीना लामिछाने (श्रीमती) , छोरा छोरी बुहारीका साथै नातिले समेत हरेक हिसाबले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो)ले भावुक हुँदै भन्नुभयो 'मेरा योजना र खुशीमा परिवारको साथ र सहयोग प्राप्त भएकोमा परिवार र समाजप्रति आभारी छु'। कार्यक्रमको अन्त्यमा' पल्लव पत्रिकाका सम्पादक समेत रहनुभएका भरतप्रसाद लामिछानेले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रमको विशिष्ट अतिथिका रुपमा सभाषद् गीता वाग्ले, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकूलपती इन्द्र रेग्मी, रत्ननगर नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ साहित्यकार रामबावु घिमिरे, गैडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उप कूलपति वरिष्ठ साहित्यकार कवि गोविन्दराज विनोदी, पल्लव साहित्य प्रतिष्ठानका सल्लाहकार केशवराज आमोदी, विराटनगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, चितवन साहित्य परिषदका अध्यक्ष श्री केदारनाथ खनाल, शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर चितवनका पूर्व क्याम्पसप्रमुख गोकर्ण मल्ल, भानु साहित्य उद्यान काठमाडौंका स्रष्टा मुकुन्द पौडेल , त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, सिर्जनामा इनरुवा, सुनसरीका अध्यक्ष लीलानाथ सिल्वाल, सप्तरङ्गी साहित्य समाज प्रदेश नं( १, सुनसरीका सल्लाहकार डमरु बल्लभ लगाएत साहित्यकारहरुको उपस्थिति रहेको थियो । यसैगरी सम्मानित स्रष्टा प्रा।डा। देवी नेपाल, काठमाडौँ, विशेष अतिथि सम्मानित स्रष्टा ओम रिजाल, काठमाडौँ, सम्मानित स्रष्टा ज्ञानराज सुवेदी, सूर्यविनाएक, भक्तपुर, सम्मानित स्रष्टा हरिदेवी कोइराला, पोखरा, सम्मानित स्रष्टा धिरेन अनुपम, सुर्खेत, कर्णाली प्रदेश, सम्मानित स्रष्टा भैरवी भूगोल, नुवाकोट, हालः सूर्यविनायक, भक्तपुर, सम्मानित स्रष्टा विमलप्रसाद पौडेल, कुस्मा, पर्वत, सम्मानित स्रष्टा उमा कार्की, बेलचोक, नारायणगढ, चितवन, सम्मानित स्रष्टा चिरञ्जीवि दाहाल, जमुनापुर, चितवन, गमबहादुर लम्जेल संर्घषशिल स्मृति प्रतिष्ठान सुनसरीकी अध्यक्ष जमुना श्रेष्ठ, कोहलपुर, बाँकेबाट शान्ति अधिकारी, दाङ तुलशीपुरबाट छविकिरण ओली, सिमरा बाराबाट सीता अधिकारी, लायनस् क्लब अफ चितवन वाङ्मयका पूर्व अध्यक्ष कवि रामहरि शर्मा शराह, र उहाँकी धर्मपत्नी लिला ढुङ्गाना, अधिकारी, तिलकराज शर्मा रत्ननगर, चितवन, चितवन साहित्य परिषदका पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलि, गजलमञ्च चितवनका नि।व।अध्यक्ष लेखाराम सापकोटा, गजलमञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, भरतपुर नगर प्राज्ञ सदस्य विष्णु तिवारी ‘उषा’, छन्द काव्य प्रतिष्ठान का अध्यक्ष लकाश पौडेल, कवि लोकनाथ खराल, कावासोती नवलपुर, गजलमञ्च चितवनका अध्यक्ष किसान प्रेमी, नारी साहित्य प्रतिष्ठान नवलपुर की अध्यक्ष कृष्णकुमारी शर्मा श्रेष्ठ, कविडाँडा साहित्य समाजका अध्यक्ष एल।वी। क्षेत्री, कैलाशनगर, चितवन, उदय अधिकारी भरतपुर, चितवन, जनार्दन खनाल हेटौँडा, मकवानपुर, रामबहादुर कोइराला, पोखरा कास्की, कवि बलराम दाहाल, सूर्यविनाएक, भक्तपुर, सीताराम कोइराला, चितवन, हरिप्रसाद ढकाल ‘रसज्ञ छहरा’ कावासोती, नवलपुर, पार्वती अर्याल नेपाल, भरतपुर–१०,इच्छाकामना साहित्य प्रबाहबाट साहित्यकार कृष्णप्रसाद पोख्रेल लगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो ।