गाभीको बोर्ड बैठकमा सहभागी हुन स्वास्थ्य मन्त्री पौडेल मंसिरको तेस्रो साता इन्डोनेशियाको बाली जाने
News Desk
Nov-23 , 2024 तारिख 03:12 बेलुका

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल मंसिरको तेस्रो साता इन्डोनेशियाको बाली जाने भएका छन। आगामी १९ र २० मंसिरमा बालीमा हुने गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन) को डिसेम्बर २०२४ बोर्ड बैठकमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन। गाभी नेपालको खोप कार्यक्रममा सबैभन्दा ठूलो सहयोगी संस्था हो। 

मन्त्री पौडेललाई गाभीले सम्पूर्ण खर्च व्यहोर्ने गरी निमन्त्रणा गरेको मन्त्रालयले जनाएको छ। उनको सहभागिताले खोपका क्षेत्रमा थप सहयोग हुने अपेक्षा गरिएको छ।

यसै वर्ष गाभीले नेपाललाई किशोरीहरूलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिने भएको छ। 

बिहीवारको मन्त्रिपरिषद बैठकले सरकारलाई थप आर्थिक व्ययभार पर्ने गरी सो बैठकमा सहभागी हुनका लागि स्वास्थ्यमन्त्री पौडेललाई स्वीकृत प्रदान गरिसकेको छ।

धेरै पढिएको