नयाँ बानेश्वरमा खुल्यो इनस्टाइल ब्युटी सलोन, नायिका रेखा थापाले गरिन उद्घाटन 
News Desk
Nov-26 , 2024 तारिख 03:19 बेलुका

अभिनेत्री रेखा थापाले सोमबार नयाँ बानेश्वरमा खुलेको इनस्टाइल ब्युटी सलोनको उद्घाटन गरेकी छिन। उनले रिबन काटेर सलोनको औपचारिक सुरुवात गरिन।

उद्घाटन समारोहमा बोल्दै अभिनेत्री थापाले पछिल्लो समय महिलाहरू सुन्दरताको विषयमा अझ सचेत हुँदै गएको उल्लेख गरिन। उनले भनिन्, ँमेकअपले आत्मविश्वास बढाउँछ भन्नेमा म सहमत छैन। तर, मेकअपले थप ऊर्जा दिन्छ भन्ने कुरा सही हो।ँ

थापाले इनस्टाइलले आफ्नो उत्कृष्ट सेवा मार्फत सेवाग्राहीको मन जित्न सफल होस भन्ने शुभकामना पनि व्यक्त गरिन।

इनस्टाइल ब्युटी हबलाई दुबईमा झन्डै १५ वर्ष कामको अनुभव बटुलेर फर्किएकी लक्ष्मी तामाङले सञ्चालनमा ल्याएकी हुन। उनले आफूले विदेशमा सिकेको अनुभवलाई नेपालमै प्रयोग गर्न चाहेको बताइन।

इनस्टाइलका निर्देशक इन्द्र तामाङ र राज कार्कीले आफ्नो सेवा थप बलियो बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा रेखा थापासहित 'मिसेस नेपाल वर्ल्ड २०२४' की विजेता डेनिला कार्की, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, मिस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो।

कार्यक्रममा गजित बिष्ट, सुरज चापागाईं लगायतका चर्चित कलाकारहरूको पनि सहभागिता रहेको थियो।

धेरै पढिएको