News Desk
सर्वोच्च अदालतले विद्युतीय अपराध कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दावी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज उक्त रिट खारेज गरिदिएको हो।
पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए। यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको थियो।
प्रसाईंलाई प्रहरीले हिजो सर्वोच्च अदालत उपस्थित गराएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै गम्भीर आरोपसहितका सामग्री प्रचार गरेपछि मंसिर ४ गते प्रसाईं पक्राउ परेका थिए।