५५ करोड बराबरको सट्टेबाजी गरेको आरोपमा आरोपमा सुनिल राई पक्राउ
News Desk
Nov-28 , 2024 तारिख 07:13 बिहान

बेटिङ एप्लिकेसनमार्फत विश्वभरि खेलाइने अनलाइन खेलअन्तर्गत ५५ करोड बराबरको जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैरकानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनील राईलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। 

हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ ई-सेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार राईबाट एनसेल कम्पनीका ७० वटा सिमकार्ड, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्ड बरामद भएको छ।