News Desk
कार्यक्रमका प्रमुख अतिथि काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उपभोक्ता अधिकारको संरक्षणमा सरकारी निकायहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्रभावकारी सुशासनमार्फत उपभोक्ताको हक सुनिश्चित गर्न सरकारी र गैरसरकारी निकायहरू मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
मञ्चका केन्द्रीय महासचिव पुष्पराम पौड्यालले मञ्चका हालका गतिविधि र उपभोक्ता अधिकारसँग सम्बन्धित कानुनी पक्षहरूको व्याख्या गर्दै उपभोक्ताहरूलाई कानुनी शिक्षा प्रदान गर्न निरन्तर लागिरहेको जानकारी दिए।
कार्यक्रमको अध्यक्षता मञ्चका जिल्ला अध्यक्ष माधवकुमार श्रेष्ठले गरेका थिए। धुलिखेलको रिजोर्ट होटलमा सम्पन्न उक्त कार्यक्रममा काभ्रे उद्योग वाणिज्य कार्यालयका प्रमुख, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख, कृषि सामग्री कम्पनीका प्रतिनिधि, विभिन्न नगरपालिकाका प्रतिनिधिहरू, व्यवसायिक संघ-संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू तथा उपभोक्ता अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।