राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता
News Desk
Dec-01 , 2024 तारिख 01:55 बिहान

 राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो l

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको राष्ट्रपतिकाे स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री डा आरज़ु देउवा राणा  पनि साे भेटवार्तामा  सहभागि हुनुहुन्थ्यो ।

साे अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन  भ्रमणबारे पनि राष्ट्रपति पाैडेललाई जानकारी गराउनुभएकाे थियोे । मंसीर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।