नेपालमा देश बेच्न प्रपञ्च रच्ने नेताहरू पनि छन : अध्यक्ष नेपाल
News Desk
Dec-01 , 2024 तारिख 06:47 बिहान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन।

 

शनिवार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन।

उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए।

उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गरे। उनले नेपालका नेताहरूभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलवी र देश बेच्न प्रपञ्च रच्नेहरू पनि रहेको टिप्पणी गरे।

अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरूले गर्नुपर्ने बताए।

 

धेरै पढिएको