News Desk
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सत्तारुढ दलबीच भएको सहमतिले अब कार्यान्वयनमा सहज हुने बताएका छन।
उनले नेपालमा अब चिनियाँ सहयोगले तीव्रता पाउनेसमेत उल्लेख गरेका छन।
बीआरआई अघि बढाउने विषयमा कांग्रेस–एमालेबीच सहमति भएपछि शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बसेर अन्तिम रुप दीएको छ।
त्यसपछि सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ंप्रधानमन्त्रीको आसन्न चिन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनिया सहयोग परिचालनमा तीव्रता आउनेछ। बिआरआईका सन्दर्भमा प्रमुख दलहरू बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिन्छ।ं