मन्त्री कलवारलाई वडा कार्यालय द्वारा स्वागत तथा सम्मान
News Desk
Dec-01 , 2024 तारिख 07:37 बेलुका

-सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ को वडा कार्यालयले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री माननीय देवकरण प्रसाद कलवारलाई स्वागत तथा सम्मान गरेको छ।

आईतवार वडा कार्यालयको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम वडा अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको प्रमुख अथित्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै मन्त्री कलवारले बिगतमा आफुले राजनितिक यात्राको शुरुवात यहि वडा बाट गरेको हुदाँ यस वडाको विकाशकोलागी आफु सदैव तयार रहेको साथै राजनितिक क्षेत्रमा यस वडाले स्थानिय देखी केन्द्र सम्म सधै सहयोग पुर्याएको जिकिर समेत गरे।

नवनियुक्त मन्त्री कलवारलाई महिला समुहहरु द्वारा तथा वडा कार्यालयले सफल कार्याकालको शुभकामना समेत प्रदान गरेको थियो।

स्वागत तथा सम्मान कार्यक्रममा करम हुसेन अन्सारी,कृष्णा जायसवाल,हिरा यादव,अवधेश यादव,कन्हैया हरिजन,हिरा कोईरी बनारसी जायसवाल लगायतहरुको उपस्थिती रहेको थियो ।