News Desk
झोलुङ्गे पुल निर्माण गर्ने क्रममा रोल्पामा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन।
मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन। जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन।
बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताएका छन। मृतकहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।