कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विज​यी
News Desk
Dec-03 , 2024 तारिख 09:03 बिहान

काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको जित भएको छ। 

उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा।डा। शिवशरण महर्जनले ४ हजार ५५५ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार डा। सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन। यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो। 

आइतवार भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा पनि कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन।