हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित
News Desk
Dec-03 , 2024 तारिख 12:14 बेलुका

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन।

एक हजार ६३६ मतसहित तिमल्सिना उपाध्यक्ष निर्वाचित भएकी हुन । उनकी प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत ल्याइन। एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन ।

यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए। सवारी दुर्घटनामा उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।