दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी शेर्पा विजयी
News Desk
Dec-03 , 2024 तारिख 12:51 बेलुका

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन्। दुई हजार ८०५ मत प्राप्त गरी उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत ल्याइन् । नेपाली कांग्रेसकी पासदिकी तामाङले १ हजार ७२७ मत प्राप्त गरिन् ।

२०७९ को स्थाानीय तहको निर्वाचनमा उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसका  श्यामसुन्दर तामाङको हृदयाघातका गत वर्ष असार ३१ गते निधन भएको थियो। त्यसपछि रिक्त पदमा गत आइतबार निर्वाचन भएको हो।