नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा
News Desk
Dec-04 , 2024 तारिख 12:14 बेलुका

चीनले नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ। 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिन फिङको मंगलवार भएको भेटमा सीले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका हुन।

यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता पनि जनाएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले पनि करिब ९ अर्बको अनुदान सहायता घोषणा भएको जानकारी दिएका छन।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन। सीले समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले जानकारी दिए।