युनाइटेड नेचर इन्टरनेसनल पिस (UNIPUN) द्वारा बाढी पहिरो पीडितलाई ब्ल्यान्केट वितरण
News Desk
Dec-05 , 2024 तारिख 03:01 बिहान

काभ्रे, २०८१ मङ्सिर १९ – युनाइटेड नेचर इन्टरनेसनल पिस (UNIPUN) र बंगलादेशबाट आएका unipun का सदस्यहरूको विशेष उपस्थीतीमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १ अन्तर्गत फलामे साँघु–ताङ्लीङ क्षेत्रका बाढी र पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ।

नेपालमा केही समयअघि आएको बाढी र पहिरोका कारण भएको अपूरणीय धनजन क्षतिप्रति दुःख व्यक्त गर्दै, यस संस्थाले रोशी खोलाबाट प्रभावित ८४ परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो। यो सहयोगले चिसो मौसममा पीडितहरूको दैनिकीलाई केही सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा युनाइटेड नेचर इन्टर्नेसनल पिस का नेपाल च्याप्टर अध्यक्ष भिक्षु डा. राजु लामा कोन्दन र unipun बंगलादेशका अध्यक्ष डा. राजु शाह ले संबोद्यन गर्नु भएको थियो ।

 युनाइटेड नेचर इन्टर्नेसनल पिस का नेपाल च्याप्टर अध्यक्ष भिक्षु डा. राजु लामा कोन्दनबाट राहत सामाग्री रोशी गाउँ पालीका वडा नं १ का कार्याबाहक अध्यक्ष ज्यू लाई हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

यस राहत कार्यमा युनाइटेड नेचर इन्टरनेसनल पिसले स्थानीय तहसँग सहकार्य गरी आवश्यक व्यवस्थापन गरेका थिए। बंगलादेशबाट आएका Unipun का सदस्यहरूको उपस्थिति र सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले बताएका छन्।

स्थानीयवासीले यस्तो संकटको समयमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले संस्थाले दिएको राहत सामग्रीले आफूहरूलाई ठूलो मद्दत पुगेको बताएका छन्।

समाजसेवा र आपतकालीन राहतका लागि यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता संस्थाले जनाएको छ।
कार्यमको सभापतीत्व रोशी गांउपालीकाकि कार्यबाह्क अध्यक्ष ज्यूले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता युनाइटेड नेचर इन्टरनेसनल पिस नेपालका अध्यक्ष भिक्षु डा. राजु लामा कोन्दन र विशेष आतिथ्यता युनाइटेड नेचर इन्टरनेसनल पिस बंगलादेशका अध्यक्ष डा. राजु शाहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सदस्य दीपक चन्द्र गौतमले गर्नु भएको थियो ।
आजको कार्यक्रमको संयोजन UNIP NEPAL का सदस्य  दीपेश माझी र सुर्या कार्कीले गर्नु भएको थियो ।