News Desk
काठमाडौं, मंसिर २१ गते। सामुदायिक स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल)को आयोजनामा र काठमाडौं महानगरपालिका लगायत अन्य संस्थाहरूको सहयोगमा आज मिति २०८१ मंसिर २२ गते शनिबार, स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म संचालन गरीको स्वास्थ्य शिविरमा २११ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा समस्या देखिएका बिरामीहरूको निशुल्क ल्याब परीक्षण गरिएको थियो। साथै, आवश्यक पर्ने औषधिहरू पनि निशुल्क रूपमा वितरण गरिएको आयोजकले जनाएका छन्।

शिविरमा विशेषगरी स्त्रीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूलाई स्वास्थ्य परामर्श, उपचार, र आवश्यक जानकारी प्रदान गरे। स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै महिलाहरूलाई सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यो शिविरले समुदायमा सकारात्मक प्रभाव पारेको छ।
कार्यक्रम सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता र काठमाडौं महानगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजकले बताए। सामुदायिक स्वास्थ्य सेवा परिषदले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप बिरामीहरूलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
आयोजकका अनुसार सामुदायिक स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल)ले प्रत्येक महिनामा विभिन्न रोगहरूसँग सम्बन्धित स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। आगामी महिनाको पुस १३ गते जाड–जोर्नी तथा नसारोग सम्बन्धी शिविर आयोजना गरिने जानकारी अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. बुलन्द थापाले दिएका छन्।