ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट २०२४ का प्र​तिस्प​र्धीलाई व्यक्तित्व विकास र टेबल म्यानरको तालिम
News Desk
Dec-08 , 2024 तारिख 02:53 बिहान

काठमाडौं, मंसिर २२ – ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट २०२४ प्रतियोगिताका सहभागीहरूले हालै व्यक्तित्व विकास र टेबल म्यानरको तालिम प्राप्त​ ग​रेका छ​न। हायात रेजेन्सीका लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजर तथा आतिथ्य सेवा विशेषज्ञ विलास खत्रीले तालिम प्रदान गरे। टेबल म्यानरको कक्षा निलो पुलस्थित ए वान क्याफेमा आयोजना गरिएको थियो भने व्यक्तित्व विकास तालिम ब्रेनल्याण्ड एकेडेमीमा सम्पन्न भयो।

तालिमको क्रममा खत्रीले आत्मविश्वास बढाउने र स्मार्ट बन्ने सीपमा जोड दिए। उनले विशेष रूपमा व्यक्तित्व निर्माणका विभिन्न पद्धतिहरू प्रस्तुत गर्दै सहभागीहरूलाई जीवनमा डर रहित भएर अगाडि बढ्न प्रेरित गरे।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाका अनुसार यो प्रतियोगिता कुनै साधारण सौन्दर्य प्रतियोगिता मात्र नभई प्रतिभा अभिवृद्धि गर्ने र बालबालिकालाई बहुआयामिक विकास गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो। सहभागीहरूले टेलिभिजन कार्यक्रम निर्माण, क्यामेरा फेसिङ, र मोडलिङ जस्ता सीप पनि सिक्ने अवसर पाएका छन।

तालिमको समापनपछि प्रतियोगिताको फिनाले मंसिर ३० गते आयोजना हुने छ। विजेताहरूलाई नगद पुरस्कार र नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तुति गर्ने अवसर दीनेछ।

ग्लोरी मिडियाले यसअघि पनि बालबालिका लक्षित कार्यक्रमहरू र अन्य सामाजिक सचेतना अभियानहरू सञ्चालन गर्दै आएको छ।