स्वास्थ्यमा समस्या देखिएपछि हमाललाई थप उपचारका लागि लगियो नयाँ दिल्ली
News Desk
Dec-08 , 2024 तारिख 12:36 बेलुका

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। 

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति मस्तिष्कघात भएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिए। 

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर हमाल नगर प्रमुखमा निर्वाचित भएका थिए।