न्यायालयलाई गरिमामय बनाउन म लागेको छु, तपाईंहरूले साथ दिनुस : प्रधानन्यायाधीश
News Desk
Dec-08 , 2024 तारिख 12:40 बेलुका

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको र अझै गरिमा उच्च पार्नुपर्ने बताएका छन।

शनिवार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन। उनले लयमा फर्किएको न्यायालय मात्रै आफूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए।

उनले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरूको भएको बताए।

गरिमामय न्यायालय, स्वच्छ न्यायालको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको उनले बताए।

प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरूले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने पनि बताए।